कर्णालीमा देउवा पक्ष र गण्डकीमा पौडेल पक्ष विजयी, वागमतीमा फेरि मतदान हुँदै | Khabarhub Khabarhub

कर्णालीमा देउवा पक्ष र गण्डकीमा पौडेल पक्ष विजयी, वागमतीमा फेरि मतदान हुँदै


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको ६ वटा प्रदेश मध्ये तीन वटा प्रदेशको मतगणनाको अन्तिम नतिजा आएको छ । शनिबार सम्पन्न मतदानपछि भएको मतगणनामा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षले एक एक प्रदेशमा जित हात पारेका छन्।

कर्णाली प्रदेशमा देउवा पक्षका सभापति उम्मेदवार ललित जंग शाही विजयी भएका छन् । उनले पौडेल पक्षका उम्मेदवार भुपेन्द्र जंग शाहीमाथि जित हात पारेका हुन् । शाहीले ४२२ मत ल्याउँदा भूपेन्द्रजंग शाहीले ३१७ मत पाएका थिए ।

यस्तै गण्डकी प्रदेशमा पौडेल पक्षका शुक्रराज शर्मा विजयी भएका छन् । उनले देउवा पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे ।

यता वागमती प्रदेशमा भने तीनजना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत लयाउन नसकेपछि फेरि सबैभन्द बढी मत ल्याउने दुई जनाबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।

देउवा पक्षका इन्द्र बानियाँ र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । सिटौला पक्षका भिमसेनदास प्रधान भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

शनिबार मतदान भएका लुम्बिनी र सुदूरपश्चिममा मतगणना जारी छ । प्रदेश १ मा भने आइतबार मतगणना सुरु हुँदैछ । प्रदेश २ को अधिवेशन भने भएको छैन ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ०० बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ