कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन गर्नुपर्छ : रामचन्द्र पौडेल | Khabarhub Khabarhub

कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन गर्नुपर्छ : रामचन्द्र पौडेल


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारी ठमेलमा बिहीबार बसेको संस्थापन इतरको बैठकले आगामी भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिले प्रक्रिया छोट्याएर भए पनि समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । “पार्टी महाधिवेशन नहुनुमा क्रियाशील सदस्यता विवाद हो, यसलाई चाँडो टुङ्ग्याउनतर्फ लाग्नुपर्छ”, उनले भने ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको र धेरै कार्यक्रममा जानुपर्ने भएका कारण पनि क्रियाशील सदस्यतालाई अन्तिम रुप दिन समस्या परेको उनको भनाइ थियो । बैठकमा महाधिवेशन कार्यतालिका छिटो सार्वजनिक गर्न नेतृत्वलाई दवाव दिनेबारेसमेत छलफल भएको छ ।

नेतृत्वले निर्वाचन समितिलाई चाँडो निर्देशन दिएर महाधिवेशन सुनिश्चित गर्न लाग्नुपर्ने वरिष्ठ नेता पौडेलले बताए । भेटमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा मिनेन्द्र रिजाललगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ८ : ३० बजे

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि