नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री | Khabarhub Khabarhub

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेटवर्कका प्रतिनिधिले सार्वजनिकस्थल अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट दिनुपर्ने र स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहजरूपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए ।

उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गता भएकाहरुका लागि महत्वपूर्ण सहयोगप्राप्त भएको स्मरण गर्दै माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् । प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिएको उनको सचिवालयले जनाएको छ ।

उनले घाइते तथा अपाङ्गता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोसिस भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १० : ५९ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल