‘द फेमिली मेन’ पछि मनोजले बढाए पारिश्रमिक | Khabarhub Khabarhub

‘द फेमिली मेन’ पछि मनोजले बढाए पारिश्रमिक


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– फिल्ममा आफ्नो दमदार अभिनयका अलावा अभिनेता मनोज बाजपेयीले डिजिटल दुनियाँमा पनि दर्शकको मन जितेका छन् । वेब सिरिज ‘द फेमिली मेन’ को लगातार सफलताले उनको करियरमा एउटा नयाँ इँटा थपेको छ ।

यो सिरिजको सफलताका कारण अभिनेताले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । उनले ‘द फेमिली मेन सिजन २’का लागि निर्माताबाट निकै महंगो पारिश्रमिक बुझेका छन् । उनले आफूले पैसा नमागेर नै निर्माताले बढी रकम दिएको दाबी गरेका छन् ।

‘मैले यो उद्योगमा करिब २६ वर्ष बिताएको छु । सानोतिनो पहिचान त मैले २२–२३ वर्षमा नै पाएको छु । अहिले मलाई निर्माताहरुले आफूले पारिश्रमिक नमागी नै बढी पैसा दिने गरेका छन् । यो सुविधा मलाई कैयौं वर्षदेखि मिलिरहेको छ । त्यसकारण यो मेरो लागि नयाँ विषय होइन । मैले अहिले मेरो पारिश्रमिक माग्नै पर्दैन् । उहाँहरु आफैं बढाएर दिइरहनुभएको छ’, उनले भनेका छन् ।

‘द फेमिली मेन’ सिरिजट सुपरहिट भएपछि मनोजले फिमेल को–स्टार र निर्देशक भन्दा बढी पारिश्रमिक बुझेका छन् । मनोज अहिले सिरिजको तेस्रो संस्करणको तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ११ : ५० बजे

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता