मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक, साउन १५ सम्म दल दर्ताको समय | Khabarhub Khabarhub

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक, साउन १५ सम्म दल दर्ताको समय


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगबाट आज स्वीकृत कार्यतालिका अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम राखिएको छ ।

पहिलो चरणमा सम्पन्न हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति असोज २१ गतेदेखि असोज २६ गते सम्म सञ्चालन हुने छ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ देखि कार्तिक ५ गते सम्म सञ्चालन गरिने आयोगले जनाएको छ।

यसैगरी समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गते देखि कार्तिक २ गते सम्म सञ्चालन गरिने भएको छ । मतदाताको अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गरिने आयोगले जनाएको छ ।

हेर्नुहोस् आयोगको सूचना

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ३२ बजे

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६