बैंकिङ कसुरमा निर्देशक शिशिर पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसुरमा निर्देशक शिशिर पक्राउ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसुर मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले कलाकार, निर्माता तथा निर्देशक शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । टोलीले राणालाई काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७७ माघ २६ मा बैंकिङ कसुर मुद्दामा ४५ लाख जरिवाना र १० दिनको कैद सजाय सुनाएको थियो । सीआईबीका अनुसार राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएका थिए ।

ऋण तिर्ने बेलामा रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि राणामाथि बैंकिङ कसुरको उजुरी परेको थियो ।

प्रोडक्सन म्यानेजरका रुपमा फिल्ममा आएका राणाले ‘अन्दाज’, ‘वडा नम्बर छ’, ‘क्लासिक’, ‘रामकहानी’, ‘पोई पर्‍यो काले’ लगायत फिल्ममा अभिनय गरेका छन् । उनी फिल्म ‘तिमी सँग’ र ‘पोई पर्‍यो काले’का निर्देशकसमेत हुन् । उनले फिल्म ‘माला’मा लगानी नै गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : २० बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश