कलाकारहरु आबद्ध इन्ट्राको राहत अभियान स्थगित | Khabarhub Khabarhub

कलाकारहरु आबद्ध इन्ट्राको राहत अभियान स्थगित


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–अमेरिकी गैर सरकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा सञ्चालित राहत अभियान स्थगित गरिएको छ । नेपाली कलाकारहरु दीलिप रायमाझी, संजीत भण्डारी, रिचा थापालगायतको सहभागितामा फाउण्डेसनले काठमाडौं उपत्यका र जिल्लाहरुमा राहत प्रदान गरेको थियो ।

फाउण्डेशन अमेरिकाका प्रबन्ध निर्देशक रुद्र बानियाका अनुसार कोभिड–१९ पछि भएको लकडाउनका कारण अप्ठेरोमा परेकालाई प्रदान गरिँदै आएको राहत कार्यक्रम स्थगित भए पनि अन्य राहत कार्यक्रमहरु भने कायमै रहेको बताए । अभिनेता दीलिप फाउण्डेसनका नेपाल निर्देशक हुन् ।

अमेरिकामा सात वर्षदेखि सञ्चालित यो संस्था नेपालमा पनि दर्ता भएर सञ्चालित छ । अमेरिकामा दश हजार बढी सदस्य रहेको यो संस्थाका पदाधिकारीहरु अमेरिकाबाट नै नेपाल आएर राहतमा सहभागी बनेका थिए ।

फाउण्डेशनले अमेरिकामा रहेका नेपालीहरुलाई लक्षित गरी विभिन्न खेलकुदका कार्यक्रमहरु, मेरो डान्स कप अफ यूएसए, मेरो भ्वाईस कप यूएसए लगायतका विभिन्न सहयोगी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नेपालमा विगत तीन वर्षदेखि डे केयर होम सञ्चालन गरिरहेको र निकट भबिष्यमा नै झापा जिल्लामा वृद्दाआश्रम सञ्चालनमा ल्याउने तयारी रहेको संस्थापक अध्यक्ष डिल्ली अधिकारीले बताए ।

भुटानी शरणार्थी क्याम्पमा रहेका र तेस्रो मुलुक जान नमान्ने वृद्द वृद्दालाई मासिक पाँच हजार रुपैयाँ दिने घोषणा पनि अधिकारीले गरे । उनले राहतको कार्यक्रम नेपालमा लकडाउन सहज भएको कारणले बन्द गरिएको भएता पनि आवश्यक परेको खण्डमा फाउण्डेशन सँधै तयार रहने बताए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : १५ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै