छोरीलाई जबरजस्ती करणीको प्रयास, बाबु पक्राउ | Khabarhub Khabarhub

छोरीलाई जबरजस्ती करणीको प्रयास, बाबु पक्राउ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले बर्दियामा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार असार १८ गते राति आफ्नै छोरी सोनिया (परिवर्तित नाम) लाई बाबु राहुल (परिवर्तिन नाम)ले जबरजस्ती करणी प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम बहादुर शाहीका अनुसार राति साढे १२ बजेतिर राहुलले आफ्नै छोरी सोनियालाई कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भन्दै छोरीले नै उजुरी दिएकी थिईन् ।

जबरजस्ती करणी प्रयास भएपछि छोरीले नै प्रहरीले उजुरी दिएपछि उनलाई पक्राउ गरेर जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भैरहेको डीएसपी शाहीले जानकारी दिए ।

यसअघि पनि पटकपटक उनले छोरीलाई यौन दुर्व्यवहार गर्नुका साथै करणी गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बाबुले गरेको यौन दुर्व्यवहार बारे बोल्दा इज्जतको डरले पीडितले कोही कसैलाई नभनेको प्रहरीमा बयान दिएकी छिन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ५५ बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल