७५६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

७५६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर हाल ७५६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

६ सय आईसीयू र १५६ जना भेन्टिलेटरमा गरी ७५६ जना बिरामी उपचाररत रहेको मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।

प्रदेश १ मा ९९ जना आईसीयूमा र २० को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी प्रदेश २ मा २४ जना आईसीयू र २ जना भेन्टिलेटरमा छन्।

बागमती प्रदेशमा ३०१ जना आईसीयूमा र ८८ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा ४४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ७६ जना आईसीयूमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै, कर्णालीमा ३३ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचार भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा २३ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ५९ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर