ला लिगा फुटबल :  शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित | Khabarhub Khabarhub

ला लिगा फुटबल :  शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभिल्लाले पाहुना टोली एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।

सेभिल्लाको जितमा डिफेन्डर मार्कोस एकुनाले ७०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पराजित भएसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडको दोस्रो र तेस्रो स्थानमा रहेका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी कम भएको छ ।

एथ्लेटिकोको २९ खेलबाट ६६ छ । दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।

जितसँगै सेभिल्ला २९ खेलमा ५८ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ७ : ०५ बजे

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको