मोतिपुर घटनाबारे नेता भुसालले भने : स्थानीयको प्रतिरोधमा समर्थन | Khabarhub Khabarhub

मोतिपुर घटनाबारे नेता भुसालले भने : स्थानीयको प्रतिरोधमा समर्थन


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास कार्यक्रममा स्थानीयले गरेको प्रतिरोधलाई नेता घनश्याम भुसालले आफ्नो समर्थन रहेको जनाएका छन्।

नेता भुसालले शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै मोतिपुर औद्योगिक कोरिडोर शिलान्यासका लागि पुगेका अर्थमन्त्री बिष्णु पौडेललेको कार्यक्रममा स्थानीयले गरेको विरोधप्रति आफ्नो समर्थन रहेको जनाएका हुन् ।

उनले त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले स्थानीय वासिन्दाको हकअधिकारको पक्षमा आवाज उठाउँदै र सम्बन्धित सरोकारवालासँग छलफल गर्दै आएको बताएका छन्।

नेता भुसालले भनेका छन्, ‘औद्योगिक कोरिडोर बन्ने हल्ला चलाएर जग्गा दलालीको लागि वातावरण बनाउने बाहेक तथाकथित शिलान्यासको कुनै अर्थ छैन, जनतालाई दुख दिएर अरु कुनै नाजायज फाइदा लिने उनीहरुको चाहनालाई पूरा हुन दिइने छैन।’

आफूहरुको जग्गामा बलजफ्ती औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको भन्दै स्थानीयहरुले सो कार्यक्रम बिथोलेका थिए। कार्यक्रमस्थलमा ढुंगामुढा समेत भएपछि अर्थमन्त्री पौडेलले कार्यक्रम बीचैमा छाडेर बाहिरिएका थिए।

भुसालद्वारा जारी वक्तव्य

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ०५ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा