प्रवक्ता शर्माको प्रश्न : विप्लवसँगको सहमतिमा हतियार बुझाउने चौथो बुँदा खोइ ?  | Khabarhub Khabarhub

प्रवक्ता शर्माको प्रश्न : विप्लवसँगको सहमतिमा हतियार बुझाउने चौथो बुँदा खोइ ? 


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार नबुझाएकोप्रति लक्षित गर्दै चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् ।

सरकार र नेत्रविक्रम चन्द विप्लवबीच भएको सहमतिमा हतियार बुझाउने बुँदा उल्लेख नभएकोप्रति उनले प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सिंगो मुलुकले यसको जवाफ चाहेको बताएका छन् ।

आज सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपछि  प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन्– ‘प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!’

उनले सरकार र विप्लव समूहबीच भएको सहमतिलाई स्वागत भन्दै लेखेका छन्, ‘०२८ मा केपी-सीपी,०५२ मा प्रचण्ड-बाबुराम, अहिले विप्लव-प्रकाण्ड l `रेड बुक´, नाम र काम उस्तै,परिणाम उस्तै !’

उनले कम्युनिस्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ६ : ०० बजे

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद