महिला हिंसा रोक्न कानूनको कार्यान्वयन गर्नुपर्छ : मन्त्री महतो | Khabarhub Khabarhub

महिला हिंसा रोक्न कानूनको कार्यान्वयन गर्नुपर्छ : मन्त्री महतो


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरणका लागि कानूनको कार्यान्वयनमा कडाइ गर्नुपर्ने बताएकी छन् ।

१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रिय आदिवासी महिला महासङ्घले आज आयोजना गरेको ‘आदिवासी महिला र कोभिड–१९’ सम्बन्धी राष्ट्रिय अन्तरक्रियाको उद्घाटन समारोहमा मन्त्री महतोले महिला हिंसा न्यूनीकरण गर्ने कानून धेरै भएको तर प्रभावकारी कार्यान्वयन नहुने महिला हिंसा न्यूनीकरणका कठिनाइ भएको बताइन ।

“नेपालमा संविधान र कानूनले महिला हिंसा नियन्त्रणसम्बन्धी धेरै व्यवस्था गरेको छ”, मन्त्री महतोले भनिन्, “तर प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा हामी चिन्तित छौँ, कार्यान्वयनको तहमा अति बढी ध्यान दिनुपर्ने जरुरी छ ।”

शिक्षा र आर्थिक महिलाको पहुँचमा पुग्न सकेमा समाजमा महिलामाथि हुने हिंसा विस्तारै कम हुँदै जाने उनको भनाइ थियो ।

मन्त्री महतोले महिला मन्त्रालयले भर्खरै लैङ्गिक समानता नीति पारित गरी लागू गरेको र त्यो तीनवटै प्रदेशमा लागू गरिने जानकारीसमेत दिइन ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले संविधानको मौलिक हकमै महिलासम्बन्धी हकको व्यवस्था गरेको र त्यो हकका लागि महिलाले आफैँले आवाज उठाउनुपर्नेमा जोड दिइन । उनले महिलाको तुलनामा प्रगति राम्रो हुँदै गए पनि समाजमा अझै पनि महिला हिंसाका घटनामा कमी आउनु नसक्नु चुनौतीको विषय रहेको बताइन ।

यस वर्षको अन्तर्राष्ट्रिय दिवस ‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने रहेको छ । कार्यक्रममा आदिवासी जनजातिसम्बन्धी एनिमेसन गरिएको भिडियोसमेत प्रस्तुत गरिएको थियो । उक्त भिडियोमा आदिवासी जनजातिले गर्दै आएका काम र तिनीहरुको परम्परागत पेशा गर्दा भोग्नुपरेका पीडाका विषय समेटिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ०३ बजे

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे