आन्तरिक छलफलमा विप्लव | Khabarhub Khabarhub

आन्तरिक छलफलमा विप्लव


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ आइपुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आन्तरिक छलफलमा जुटेका छन् ।

सरकारसँग सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि महासचिव विप्लव पार्टीका नेताहरुसँग छलफलमा जुटेका हुन् ।

उनले वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बाँस्तोला लगायतका नेताहरुसँग छलफल गरेका छन् । विप्लवले नेताहरुसँग अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । राष्ट्रियसभा गृहमा सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : ५७ बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा