नेपाल बैंकले माग्यो १९२ कर्मचारी, अनलाइनबाटै आवेदन भर्न सकिने | Khabarhub Khabarhub

नेपाल बैंकले माग्यो १९२ कर्मचारी, अनलाइनबाटै आवेदन भर्न सकिने


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बैंक लिमिटेडमा १९२ जनाका लागि जागिर खुलेको छ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन खुलाएको हो ।

रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय तोकिएको छ ।

सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने र लिखित परीक्षा र परीक्षा केन्द्र सम्बन्धी सूचना पछि प्रकाशित गरिने बैंकले जनाएको छ। नेपाल बैंक लिमिटेडको वेवसाइटबाट फारम भर्न सकिनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : १३ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही