‘बी’ डिभिजन लिग: सातदोबाटो र बाँसबारीबीच खेल हुँदै | Khabarhub Khabarhub

‘बी’ डिभिजन लिग: सातदोबाटो र बाँसबारीबीच खेल हुँदै


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज सातदोबाटाे युथ क्लब र बाँसबारी क्लबबीचको खेल हुँदैछ । सातदोबाटो शीर्ष स्थानमा रहेको छ भने बाँसबारी क्लब तेस्रो स्थानमा छ ।

एन्फा कम्प्लेक्समा दिउँसो १२.१५ मा शुरु हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै अग्र स्थानमै सुरक्षित राख्ने प्रयास गर्नेछ ।

सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबले पनि २२ अङ्क नै जोडेको छ ।

यस्तै आजै एन्फा कम्प्लेक्समा दिउँसो साढे ३ बजे मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीच पनि रोमाञ्चक खेल हुँदैछ ।

हालसम्म मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा छ भने पुलचोक २ अङ्कसहित अन्तिममा छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : २५ बजे

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण