६७ किसानलाई नगद राहत, अपांगता भएका २८ जनालाई सहयोग | Khabarhub Khabarhub

६७ किसानलाई नगद राहत, अपांगता भएका २८ जनालाई सहयोग


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- छथर जोरपाटी गाउँपालिकाले असिनापीडित ६७ किसानलाई राहत वितरण गरेको छ । अपाङ्गता भएका २८ जनालाई सहयोग पनि गरेको छ ।

पालिकाले ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा ६७ किसानलाई नगद राहत र अपांगता भएकालाई नगद र यन्त्र सहयोग गरेको हो ।

तरकारी खेतीतर्फ पूर्ण क्षति भएका २२,आंशिक, २० सामान्य २३  र बाली क्षतितर्फ दुई परिवारलाई राहत दिइएको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।

पूर्ण क्षति भएका किसानलाई १५ हजार, आंशिकलाई १० हजार,सामान्यलाई ५ हजारका दरले र बाली क्षति भएका १-१ परिवारलाई क्रमशः ५ हजार र ७ हजार ५ सय गरी ६ लाख ४२ हजार ५ सय बरावरको राहत दिइएको छ ।

१६ जना अपांगता भएका व्यक्तिलाई श्रवण यन्त्र र १२ जना अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । शिविर सञ्चालनका क्रममा चिकित्सकले सिफारिस गरेकालाई श्रवण यन्त्र र आर्थिक अवस्था कमजोर भएका ‘ग’ र ‘घ’ वर्गका अपांगता भएकालाई नगद ५ हजारका दरले सहयोग गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिइन् ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ११ : १५ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा