भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मको सम्बोधन | Khabarhub Khabarhub

भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मको सम्बोधन


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बालकुमारी थिमिमा हुनेछ ।

त्यसैगरी नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहंले पार्टीको मध्यपुर थिमि नगर कार्यसमितिले शुभ दिपावली, नेपाल सम्वत् ११४२ तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम विहान मध्यपुर थिमि-५  भुलांखेलमा हुनेछ ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपुर थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । मध्यपुर थिमि नगरपालिकाको ‘गन्तव्य मध्यपुर थिमि’ तस्बिर पुस्तक बिमोचन पनि गर्ने कार्यक्रम छ । कार्यक्रम मध्यपुर थिमि ४, निगुपुखमा १ बजे हुनेछ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीको मध्यपुर थिमि नगर कमिटीको नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभुती शंखधर साख्वा: को प्रतिमामा माल्यार्पण कार्यक्रममा सम्बवधन गर्नेछन् । कार्यक्रम शंखधरचोक, मध्यपुर थिमिमा दिउँसो साढे १ बजे हुनेछ ।

थिमिमा ओली र प्रचण्डको कार्यक्रम लगभग एकै समयमा परेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ८ : ४८ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ