ओपोद्वारा नयाँ पुस्ताको सुरक्षित, स्मार्टर फ्ल्यास चार्जिङ प्रविधि सार्वजनिक | Khabarhub Khabarhub

ओपोद्वारा नयाँ पुस्ताको सुरक्षित, स्मार्टर फ्ल्यास चार्जिङ प्रविधि सार्वजनिक


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्यास चार्जिङ ?’ ओपो फ्ल्यास चार्ज ओपन डेको आयोजना गरेको छ।

कार्यक्रमअन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधिअन्तर्गत आफ्ना नौला उपलब्धिहरू तथा फ्ल्यास चार्ज टेक्नोलोजी सोलुसन मातहतका विकासहरू प्रस्तुत गरेको थियो।

‘ओपोको भोक फ्ल्यास चार्ज प्रविधिको विकास, चार्जिङ एडप्टर, चार्जिङ केबल, पीएमआईसी, ब्याट्रीलगायत कम्पनीद्वारा प्रतिपादित नवप्रवर्तनको उपज हो,’ ओपो भोक फ्ल्यास चार्ज प्रविधिका चिफ साइन्टिस्ट जेफ च्यांगले भने, ‘उपभोक्ताको छनोट तारवाला होस् वा ताररहित, भोक फ्ल्यास चार्ज प्रविधिले अब विद्युतीय उपकरणहरू चार्ज गर्ने सवालमा कठिनभन्दा कठिन अवस्थामासमेत उपभोक्ताका अधिकतम माग सम्बोधन गर्ने क्षमता राख्छ।’

फ्ल्यास चार्ज प्रविधिको विकास गर्दा ओपोले दक्षता र सुरक्षालाई सधैँ नै अग्रपंक्तिमा राख्ने गरेको कम्पनीको भनाइ छ। यही अवधारणामा आधारित भइ ओपोले भोक फ्ल्यास चार्ज प्रविधिलाई अझ सुरक्षित बनाउन फाइभ-फोल्ड सेफ्टी प्रोटेक्सन प्रणालीको प्रतिपादन गरेको हो।

त्यसैगरी थप नवप्रवर्तन भित्र्याउन एआई अल्गोरिदम, नयाँ धातु, चार्जिङ आर्किटेक्चर्सलगायत अन्य कारकहरूमाथि समेत अन्वेषणलाई निरन्तरता दिइरहेको छ। न्यून प्रतिबाधासहितका फ्यूज, ग्यालियम नाइट्राइड स्विट्च, इन्टरनल सिरिज बाई-सेल डिजाइन, ब्याट्री सेफ्टी डिटेक्सन चिप, कम्पोजिट करेन्ट कलेक्टर लगायत यसैका केही सटिक नमूनाहरू हुन्।

ओपोले कार्यक्रममार्फत् आफ्नो नयाँ स्मार्ट चार्जिङ प्रविधिको पनि अनावरण गरेको थियो। चार्जिङको गतिलाई अधिकतम सुरक्षित रेञ्जमा राख्ने कार्यमा सघाउन विशेषरूपमा डिजाइन गरिएको यो प्रविधिले चार्जिङ अवस्थाको बौद्विक पहिचान गरी चार्जिङ करेन्टको समायोजन गर्छ। यसले अस्वाभाविकरुपमा ब्याट्रीको आयुमा ह्रास आउने प्रक्रियामा न्यूनीकरण ल्याउने कार्यमा सघाउँदै उपभोक्तालाई लामो अवधिसम्म इष्टतम ब्याट्री आयुबाट फाइदा लिन सघाउने कम्पनीको भनाइ छ।

भोक फ्ल्यास चार्जलाई सक्दो सरक्षित र स्मार्ट बनाउनुका साथै ओपोले कठिनभन्दा कठिन परिस्थितिमा पनि भोक फ्ल्यास चार्ज प्रविधिले सटिक परफरमेन्स दिन सकोस् भन्ने सोचका साथ आफ्नो अन्वेषणलाई निरन्तरता दिइरहेको जनाएको छ। ‘उदाहरणका लागि लिथियम-आयन ब्याट्रीलाई अत्यधिक चिसो वातावरणमा चार्ज गर्न निकै गाह्रो हुने सम्भावना रहन्छ। ब्याट्रीलाई जसरी पनि चार्ज गर्ने प्रयत्न गरिरहँदा सर्ट सर्किट हुने सम्भावनासमेत रहन्छ।

ओपोको अल्ट्रा-लो टेम्परेचर चार्जिङ सोलुसनले स्मार्ट अल्गोरिदमको प्रयोग गरी चार्जिङका लागि ब्याट्रीमा हुनुपर्ने इष्टतम चर्जिङ तापमानको यकिन गरी चार्जिङ प्रक्रिया सुरू गर्नु अगाडि ब्याट्रीको तापक्रम बढाउँछ। परीक्षण नतिजाअनुसार मात्र १० सेकेण्डको अन्तरालमा ब्याट्रीले तापमानको समायोजन २० डिग्री सेन्टिगे्रटबाट १० डिग्री सेन्टिग्रटसम्म गरेको पाइएको छ,’ कम्पनीले भनेको छ। यसले गर्दा ब्याट्रीको चार्जिङ प्रक्रिया साधारणझैँ अवस्थामा गर्न सकिने बताइएको छ।

सन् २०२१ मा ओपोले आफ्नो नयाँ परियोजना ‘द फ्ल्यास इनिसिएटिभ’ सार्वजनिक गर्दै आफ्नो स्वामित्वमा रहेको भोक प्रविधि, अटोमोबाइल्स, सार्वजनिक स्थल, विभिन्न उपकरणहरूमा प्रयोग हुने चिप्सहरूका लागिसमेत उपलब्ध गराइरहेको छ।

इन्टरनेट अफ एक्स्पेरियन्सको यस युगमा ओपोको फ्ल्यास चार्ज प्रविधि, प्रयोगकर्तालाई नयाँ पुस्ताको चार्जिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकसित हुँदै हरेक परिस्थितिमा उत्कृष्ट कार्य सम्पादनका साथै कुनै पनि उपकरण कुनै पनि अवस्थामा जुनसुकै समयमा चार्ज गर्ने सुविधा उपलब्ध गराउन लागिपरेको ओप्पोले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : २५ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को