‘बेल बटम’मा इन्दिरा गान्धी लुक्समा लारा | Khabarhub Khabarhub

‘बेल बटम’मा इन्दिरा गान्धी लुक्समा लारा


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेता अक्षय कुमारको फिल्म ‘बेल बटम’को ट्रेलर हेरेका दर्शकलाई अभिनेत्री लारा दत्तले ‘सरप्राइज’ दिएकी छन् । सन् १९८४ को घटनामा आधारित एक स्पाई थ्रिलरमा फिल्ममा लाराले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएका छन् ।

फिल्मको ट्रेलरमा पहिलोपटक पूर्व प्रधानमन्त्रीको रुपमा ४६ वर्षीया अभिनेत्रीको अनस्क्रिन ट्रान्सफरमेसनको खुलासा भएको हो । उनको लुक्स देखेर सामाजिक सञ्जाल प्रयोगकर्ता चकित भएका छन् ।

पूर्व मिस युनिभर्स लारालाई फिल्मको ट्रेलरमा गान्धी लुक्समा जोकोहीलाई चिन्न गाह्रो पर्छ । उनी वास्तविक गान्धीको जस्तो देखिएकी छन् ।

ट्वीटरमा प्रयोगकर्ताले अलग अलग किसिमका प्रतिक्रिया दिएका छन् ।

प्रयोगकर्ताले लाराको मेकअप आर्टिस्टको तारिफ गरेका छन् । ती आर्टिस्टलाई राष्ट्रिय अवार्ड दिनुपर्ने उनीहरुको माग छ ।

फिल्ममा अक्षय एक अण्डरकवर ‘र’ एजेण्टको भूमिकामा छन् । अभिनेत्री वाणी कपूर अक्षयको श्रीमतिको भूमिकामा छिन् । फिल्ममा हुमा कुरैशीको पनि अभिनय छ ।

सत्यघटनामा आधारित यो फिल्म अगष्ट १९ बाट थिएटरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  २ : १० बजे

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै

भक्तपुरको कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा