२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ३ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२ र ४ हजार ८७६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६१ जना गरी जम्मा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ५५२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ९, खोटाङमा २,  झापामा ४०, ताप्लेजुङमा १२, भोजपुर १,  मोरङमा १२९, संखुवासभा २ र सुनसरीमा ५५ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ४,  बारामा १, महोत्तरीमा ३, , सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३४२, काभ्रेमा १३, चितवनमा १५, धादिङमा ८, नुवाकोटमा ३४, भक्तपुरमा ३१, रसुवा ३, रामेछापमा ३, ललितपुरमा ८८, सिन्धुली १ र सिन्धुपाल्चोकमा २५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा २, तनहुँमा ७, नवलपरासी पूर्वमा १, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा २, बागलुङमा ४८ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा १, गुल्मीमा २, दाङमा ५, नवलपरासीमा ३, पाल्पामा ५,  बर्दियामा ५, बाँकेमा २ र रुपन्देहीमा जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा १, सुर्खेतमा १० र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा १, बैतडीमा १, दार्चुलामा २, बाजुरामा १ र डोटीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : २८ बजे

शुक्रबारसम्म काठमाडौंकाविभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार