सानेपामा भारतीय नागरिक मृत फेला, हत्याको आशंका | Khabarhub Khabarhub

सानेपामा भारतीय नागरिक मृत फेला, हत्याको आशंका


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।

सोही स्थानको एउटा घरको फ्ल्याट भाडामा लिएर बस्दै आएका ५९ वर्षीय सत्यनारायण पारिकको शव उनकै फ्ल्याटमा फेला परेको प्रहरीले जनाएको छ । सत्यनारायणले न्युरोडस्थित एटलान्टिक कम्प्युटर प्रालिमा काम गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुन सक्ने देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । घटनास्थलमा हम्मर पनि भेटिएको र टाउकोमा चोट देखिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतक पारिकको फ्ल्याटमा एक महिला काम गर्न आउने गरेकी थिइन् । ती महिला दिनदिनै आएर खाना बनाइदिएर जाने गरेकी थिइन् ।

शुक्रबार खाना खुवाएर फर्किएकी महिला शनिवार बिहान खाना बनाउन आउँदा ढोका बन्द थियो । भित्रबाट च्यानल गेट बन्द भएपछि उनले फोन गरेकी थिइन् । तर, फोन नउठेपछि फर्किएको बयान प्रहरीलाई दिएकी छन् ।

एसएसपी बज्राचार्यका अनुसार ती महिलाले आज बिहान पनि ढोका नखुलेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको र प्रहरी गएर हेर्दा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ५५ बजे

फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

दमक– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको

ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एमाले)

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख