सावधान ! टेलिकमको अफर भन्दै आएका लिंक खोल्दा ठगिनु होला  | Khabarhub Khabarhub

सावधान ! टेलिकमको अफर भन्दै आएका लिंक खोल्दा ठगिनु होला 


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमको नाममा विभिन्न अफरहरु ल्याउँदै सामाजिक सञ्जालमा आउने सूचनाका विषयमा सचेत हुन नेपाल टेलिकमले आग्रह गरेको छ ।

विशेष गरी निषेधाज्ञाको समयमा इन्टरनेट प्रयोगकर्ताहरुका लागि भन्दै सस्तो डाटा प्याक रहेको र प्याक लिनका लागि लिंक क्लिक गर्नुहोस् भन्ने जस्ता भ्रामक सूचनाहरुप्रति सचेत रहन टेलिकमले आग्रह गरेको हो ।

टेलिकमले विहीबार सूचना जारी गर्दै यसबारे सचेत रहन सबैमा आग्रह गरेको हो ।

यस्तो छ सूचना

टेलिकमका प्रवक्ता राजेश जोशीले त्यस्ता भ्रामक सूचनाको पछि लाग्दा ठगिने सम्भावाना रहने बताए । उनले त्यस्ता सूचनाहरु देखेमा क्लिक नगर्न समेत अनुरोध गरे ।

‘पेजहरुमा सूचना राख्नुलाई (फिसिङ) भनिन्छ । कतिपयले ठगी गर्ने मनसायले यस्ता गलत सूचना राख्ने र क्लिक गर्दा आफूलाई चाहिने सबै सूचना संकलन गर्ने अवस्था रहन सक्छ’, प्रवक्ता जोशीले खबरहबसँग भने, ‘अहिले केहीले टेलिकमका नाममा नक्कली पेज बनाएर यस्ता गतिविधि गरिरहेको समेत पाइएको छ । यो टेलिकमको नियन्त्रणभन्दा बाहिर हुने हुँदा रोक्न सम्भव हुँदैन, ठगिने सम्भावना बढी रहन्छ । तसर्थ यसतर्फ सबै सचेत रहनुहोला ।’

उनले नेपाल टेलिकमले कुनै नयाँ अफर तथा नयाँ योजना ल्याएमा आधिकारिक पेजवेवसाइट नै सहजै जानकारी लिन सकिने समेत बताए ।

उनले टेलिकमका सेवा, सुविधा लगायत आवश्यक जानकारीका लिन आधिकारिक पेज ‘नेपाल टेलिकम’ अथावा नेपाल टेलिकमकै वेवसाइट खोलेर हेर्न समेत आग्रह गरे ।

‘टेलिकमको यस्तो अफर छ क्लिक गर्नुस् भन्ने किसिमका जति पनि सूचना देख्नुहुन्छ त्यसमा क्लिक नगर्नुस्, केही जानकारी लिन मन लागे आधारिक पेजबाट अथवा टेलिकमको आधिकारिक वेवसाइट  नै खोलेर हेर्नुहोला,’ उनले भने ।

कसरी ठगिन्छन् उपभोक्ता ?

उपभोक्ताहरुले नेपाल टेलिकमको आधिकारिक पेजबारे जानकारी नहुँदा हुबहु उस्तै देखिने पेजबाट आएका अफरमा विश्वास गर्दा ठगिने सम्भावना बढ्छ ।

अहिले सामाजिक सञ्जालमा Nepal _ Telecome लेखेको एउटा नक्कली पेजले नेपाल टेलिकमै लोगो प्रयोग गरेर विभिन्न अफर लिन सकिने भन्दै स्पोन्सर गरेर ठगी गरेको पाइएको छ ।

उक्त नक्कली पेजले नेपाल टेलिकमकै लोगो प्रयोग गरी विभिन्न अफरहरु समेत राखेको छ । ती अफरहर ‘बुस्ट’ समेत गरिएका छन् ।

यसरी बुस्ट गरिएका सामग्रीहरु सोझै फेसबुक युजरहरुमा पुग्ने हुँदा झन ठगिने सम्भावना बढ्ने गरेको पाइएको छ ।

यो नक्कली पेजले पेजमा यस्तो लेखेको छ, अब तपाइँ निशुल्क १० जीबी इन्टरनेट लिन सक्नुहुन्छ । सदस्यता लिन “अफर पाउनुहोस्” भन्ने शब्दमा क्लिक गर्नुहोस् ।’

यसरी फेसबुकमा आएका अफरहरुमा क्लिक गर्दा ठगिने सम्भावना बढी हुने भन्दै नेपाल टेलिकमले आधिकारिक पेज बाहेकबाट आएका अफर तथा सूचनामा विश्वास नगर्न समेत अनुरोध गरेको छ ।

यस्ता धेरै फेसबुक पेज बनाएर ठगी हुने गरेको पाइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : २९ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर