यी ११ न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न मागसहित सर्वोच्चमा निवेदन (पूर्णपाठ) | Khabarhub Khabarhub

यी ११ न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न मागसहित सर्वोच्चमा निवेदन (पूर्णपाठ)


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालको रोष्टरमा रहेका ११ जना न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न मागसहित सर्वोच्चमा निवेदन पेश भएको छ ।

प्रतिनिधिसमा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठन गरिने संवैधानिक इजलासमा ११ जना न्यायाधीशलाई नराख्न मागसहित अधिवक्ता राजाराम घिमिरेले निवेदन पेस गरेका हुन् ।

अधिवक्ता घिमिरेले न्यायाधीशहरु दीपक कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न मागसहित निवेदन पेश गरेका हुन् ।

उनले ती न्यायाधीशको स्वार्थ बाझिने भन्दै संवैधानिक इजलासमा नराख्न माग गरेका हुन् । स्वार्थ बाझिएका न्यायाधीशहरुबाहेकको इजलास गठन गरी सुनुवाइ गर्न उनले माग गरेका हुन् ।

उनले पेश गरेको निवेदनमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदद्वारा अनुमोदित न्यायधाधीशहरुको विश्वव्यापी आचार सिद्धान्त समेतलाई मध्यनजर गरी आवश्यक परे रोष्टर थपघट गरी उपरोक्त न्यायाधीशहरुरहितको संवैधानिक इजलास गठन गरी सुनुवाइ गरी पाउन विनम्र अनुरोध गर्दछौँ ।’

यस्तो छ सर्वोच्चमा पेश भएको निवेदन

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ६ : १४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर