कोभिडको तेस्रो र चौथो लहर आए बालबालिका बढी संक्रमित, २० प्रतिशत शय्या छुट्याउन निर्देशन | Khabarhub Khabarhub

कोभिडको तेस्रो र चौथो लहर आए बालबालिका बढी संक्रमित, २० प्रतिशत शय्या छुट्याउन निर्देशन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहर आउन सक्ने खतरा औँल्याउँदै त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने बताएको छ ।

मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी कोभिडको तेस्रो र चौथोले बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने भन्दै उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत शय्या तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनिएको छ । दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाएको हो ।

कोरोना महामारी रोकथा, निदान तथा बिरामीको उपचार व्यवस्थापनमा योगदान पुर्‍याएकोमा मन्त्रालयले सबै अस्पताल, स्वास्थ्य संस्थाहरू र स्वास्थ्यकर्मीहरूमा सम्मान पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ५ : ३० बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले