प्रदेश २ : स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तयार हुँदै | Khabarhub Khabarhub

प्रदेश २ : स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तयार हुँदै


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले आउँदो असार १ गते प्रदेश सभामा अगामी आर्थिक वर्षको बजेट पेश गर्ने तयारी गरेको छ ।

सोहीअनुसार बजेटको तयारी भइरहेको सरकारी अधिकारीहरूले जनाएका छन् । प्रदेश सरकारले असार १ गतेभित्र प्रदेश सभामा बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालका अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार केही घट्न सक्नेछ । बन्दाबन्दीले राजस्व संकलनमा गिरावट आएको उनको भनाइ छ । ‘लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन,’ उनले भने, ‘केन्द्रमा पनि सरकारले बजेटको अकार घटाएको छ । यहाँ पनि बजेटको अकार घट्न सक्छ ।’

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले चालु वर्षकै हराहारी आकारमा बजेट आउन सक्ने बताए । ‘आन्तरिक ऋण असुलीको अवस्था हेरेर मात्र बजेटको आकार फाइनल हुनेछ,’ उनले भने, ‘बजेट ठ्याक्कै फाइनल त भएको छैन तर आकार बढ्ने स्थिति कमै देखिन्छ ।’

मन्त्री यादवले कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा केन्द्रित बजेट पेश गर्ने तयारी भइरहेको बताए । विकास निर्माणको बजेट चालु आर्थिक वर्षको भन्दा केही कम हुन सक्ने तथा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाका अनुसार प्रदेशसभा अधिवेशनको पहिलो बैठकमै नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । बजेटमा हरेक पक्षलाई समेटने प्रयास गरिएको उनले बताए । प्रदेश २ को बजेट अधिवेशन जेठ २४ गते शुरू हुँदैछ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ३ : २८ बजे

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध

कोरला नाकामा विद्युत् सेवा विस्तार

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत्

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा

महानगरको सीप मेलामा दश हजार बढीले दिए आवेदन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप