कोरोना संक्रमितको उपचारमा दया फाउण्डेशनको सहयोग | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा दया फाउण्डेशनको सहयोग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दया फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा चुनौती तथा समस्याको समाधानमा राहत पुर्‍याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पताललाई चिकित्सा उपकरण प्रदान गरेको छ ।

फाउण्डेसनले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमा अहिलेसम्म ६ थान हाई फ्लो नेशलक्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थानथर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।

कोभिड–१९ को कारणले सिङ्गो राष्ट्र स्वास्थ्य सङ्कटमा परेको यस विषम घडीमा आफ्नो संस्था सक्रिय रुपमा अगाडी बढी थोरै नै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै समन्वय गरिदिन भएकोमा सम्बन्धित सबैलाई धन्यवाद पनि दिए ।

संस्थाले सहयोग गरेको अस्पतालहरु विशेषत निम्न आयवर्ग भएकाको उपचारको लागी लक्षित भएको हुँदा यस सहयोगले विपन्न वर्गको कोभिड–१९ को उपचारमा टेवा पुर्‍याउने फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले बताए ।

संस्थाबाट कोभिड सम्बन्धी कार्यक्रमहरुको समन्वय तथा संयोजन गर्दै आएका संस्थाका पूर्व अध्यक्ष किपा माथेमाका अनुसार फाउण्डेशनले विविध स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने मात्र नभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिम आयोजना गरिने बताए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ११ : १८ बजे

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन