आजदेखि थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने ? | Khabarhub Khabarhub

आजदेखि थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने ?


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म कायम भएको छ । कोरोना संक्रमणदर केही घटेपनि अझै संक्रमणको जोखिम कायम रहेको निष्कर्ष निकाल्दै बुधबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका हुन् ।

उपत्यकामा बैशाख १६ गते यता निषेधाज्ञा जारी छ । जेठ १४ गतेबाट खाद्यान्‍न पसलसमेत बन्द गरिएकोमा जेठ २१ गतेबाट भने अत्यावश्य खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय गरिएको काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न दिइने पनि उनले जानकारी दिए । थपिएको निषेधाज्ञामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई घर बाहिर ननिस्कन भनेको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाँचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरूको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ ।

शैक्षिक संस्थाहरू विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरू पनि बन्द नै रहने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए ।

सार्वजनिक सवारी साधनहरू भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ । अत्यावश्यक सेवाहरू एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध सवारी साधनहरू, दुरसञ्चार, इन्टरनेट, मर्मत तथा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित सवारी साधनलाई पनि सञ्चालन गर्न दिइनेछ ।

पढ्नुहोस् यो सूचना 

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ५५ बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्