ट्याक्टरमा कोभिड संक्रमितको मृत्यु भएपछि मेयर र उपमेरलाई गाडी चढ्न रोक (भिडियोसहित) | Khabarhub Khabarhub

ट्याक्टरमा कोभिड संक्रमितको मृत्यु भएपछि मेयर र उपमेरलाई गाडी चढ्न रोक (भिडियोसहित)



नवलपुर– नवलपरासीपूर्व देवचुली नगरपालिका १३ का कोरोना संक्रमित पुरुषलाई समयमा अस्पताल पुर्‍याउन नपाएपछि मृत्यु भएको घटनाले स्थानीय आक्रोशित भएका छन् ।

कोरोना संक्रमित भई चार दिनदेखि होम आइसोलेशनमा बस्दै देवचुली १३ का ६७ वर्षीय एक पुरुषको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल लैजान स्थानीय जनप्रतिनिधिलाई गुहारिएको भए पनि एम्बुलेन्स उपलब्ध हुन सकेको थिएन ।

सोही वडाका वडाध्यक्ष क्याप्टेन डिलबहादुर खत्रीले नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठसमेतलाई जानकारी गराए पनि एम्बुलेन्स उपलब्ध गराउन नसकेपछि स्थानीयले संक्रमितलाई ट्याक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

हेरौँ भिडियो

कोरोना संक्रमित व्यक्तिलाई नगरपालिकाले उपचार गर्न एम्बुलेन्स उपलब्ध नगराउँदा मृत्यु भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । आक्रोशित स्थानीयले नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

सोमबारको घटनापछि मंगलबार बिहान नगरकार्यपालिकाको बैठक बसेको थियो । बैठक सकिएपछि बाहिरिएका नगरप्रमुख, उपप्रमुखहरुलाई सरकारी गाडी चढ्न समेत नदिएर स्थानीयले अवरोध गरेका छन् ।

बिरामीलाई अस्पताल लैजान गाडी नदिने जनप्रतिनिधिहरुलाई सरकारी गाडी चढ्न नैतिकता नभएकाले गाडी चढ्न नदिएको स्थानीय श्याम शर्मा भुसालले बताए ।

कोरोना संक्रमण भई स्वास्थ्य समस्या भई एम्बुलेन्स बोलाउँदा नपाएपछि आफूले नै ट्याक्टरमा भए पनि लैजान सिफारिस गरेको वडाअध्यक्ष खत्रीले खबरहबलाई बताए ।

बिरामीको उद्धार गर्नेबेला आफूसमेत सोही ठाउँमा रहेको र स्वास्थ्यकर्मी समेत आफूसँगै साथमा भएर पनि सहयोग गर्न नसकेको भन्दै स्थानीय बासिन्दासामु वडाध्यक्ष खत्रीले क्षमा याचना गरे । स्वास्थ्यकर्मीसँग पीपीई नभएको हुँदा बिरामीको मद्धत गर्न नसकेको उनले बताए ।

विरामी बोक्न एम्बुलेन्सले नमानेपछि आफूले ट्याक्टर ल्याइदिएका स्थानीय ट्याक्टर धनी दीपक भुर्तेलले बताए ।

नगरपालिका प्रमुख पूर्णबहादुर श्रेष्ठले नगरपालिकोको एम्बुलेन्स भ्याक्सिन लिन पोखरा गएकोले नगरपालिकाको एम्बुलेन्स उपलब्ध गराउन नसकिएको बताए । उनले अब एउटा एम्बुलेन्स नगरपालिका परिसरमै तयारी अवस्थामा राखिने प्रतिवद्धता जनाएका छन् ।

जनप्रतिनिधिहरुलाई सचेत गराउन भन्दै स्थानीय नारायण पाण्डे मंगलबार बिहान देवचुली नगरपालिकाको कमजोर ब्यवस्थापन लेखिएको प्लेकार्ड बोकेर नगरकार्यपालिकाको बैठकमै पुगेका थिए ।

उनले जनप्र्रतिनिधिलाई सचेत गराउन सांकेतिक विरोध गरेको बताए ।

स्थानीय युवाहरुले सचेत नागरिक समूहको नामबाट नगरवासीलाई आह्वान गरी मंगलबार दिउँसो नगरपालिका परिसरभित्रै सांकेतिक प्रदर्शन गरेका छन् ।

यो पनि पढौँ

संक्रमितले एम्बुलेन्स पाएनन्, ट्याक्टरमा अस्पताल लैजाँदै गर्दा ज्यान गयो 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : ४७ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले