एम्बुलेन्स नपाएपछि ट्याक्टरमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

एम्बुलेन्स नपाएपछि ट्याक्टरमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासीपूर्व देवचुलीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएर घरमै रहेका देवचुली नगरपालिका १३ का ६८ वर्षका ती पुरुषलाई आज एक्कासी स्वास्थ्यमा समस्या भएपछि अस्पताल लैजान खोज्दा एम्बुलेन्स नपाएपछि ट्याक्टरमा राखेर अस्पताल लगिएको थियो ।

उनलाई चार दिनअघि चितवनको चितवन मेडिकल कलेज (सीएमसी) मा स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

आज दिउँसो अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई ट्याक्टरमा राखेर देवचुलीकै दुम्कौलीस्थित नगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

आफ्नै धार्मिक सांस्कृतिक मान्यता अनुसार उनको नारायाणी नदी किनारमा दाह संस्कार गर्ने पारिवारले जनाएको छ ।

देवचुली वडा नं. १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता डिलबहादुर खत्री र स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले एम्बुलेन्सको पहल गरे पनि एम्बुलेन्स नपाएको बताए ।

दुम्कौलीमा रहेको सरकारी एम्बुलेन्स औषधि सामाग्री लिन पोखरा गएकाले आफ्नै एम्बुलेन्स पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।

देवचुली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरभित्र मात्रै १० वटा एम्बुलेन्स रहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : ३७ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी