काठमाडौँ उपत्यकामा अब खाद्य तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म खुल्ने | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा अब खाद्य तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म खुल्ने


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थपेको छ। आज दिउँसो उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय लिएको हो।

तीनै जिल्लाका प्रजिअको बैठकले निषेधाज्ञामा थप कडाइ गर्दै अब खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने निर्णय गरेको छ । बैठकले सडकमा पनि सवारीसाधन अनुगमनलाई कडा बनाउने निर्णय लिएको छ।

आजको बैठकले निषेधाज्ञा थप गरेको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणको जोखिम बढेको हुँदा अबको निषेधाज्ञामा थप कडाइ गरिनेछ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौला कोरोना संक्रमित भएपछि अनलाइनमार्फत बैठकमा सहभागी भएका थिए। उनको ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारी बैठकमा सहभागी भए।

पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदैछ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : १३ बजे

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा