मेगा बैंकबाट किस्ताबन्दीमा ग्रीन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा | Khabarhub Khabarhub

मेगा बैंकबाट किस्ताबन्दीमा ग्रीन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रीन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ ।

आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो ।

ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ ।

आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आई बोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैयाँसम्मका म्याट्रेस उत्पादन गरिरहेको छ ।

ग्राहकहरुलाई छ महिना तथा एक बर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : ३६ बजे

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको