कमेडियन उपासनाविरुद्ध प्रहरीको उजुरी | Khabarhub Khabarhub

कमेडियन उपासनाविरुद्ध प्रहरीको उजुरी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–टेलिभिजन उद्योगकी प्रख्यात कमेडियन उपासना सिंहविरुद्ध प्रहरीले कोरोना भाइरस सम्बन्धी नियमको उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गराएको छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार पञ्जाबमा हालको समयमा पूर्ण लकडाउन गरिएको छ । लकडाउनको समयमा उपासना रुपनगरको मोरिण्डामा नयाँ फिल्मको सुटिङमा व्यस्त रहेको खबर प्रहरीमा पुगेपछि प्रहरीले सुटिङस्थलमा छापा मारेको थियो ।

प्रहरीले उपासनालाई कोरोना नियम उल्लंघन गरेकोमा कैयौं प्रश्न सोधेको थियो । तर उपासनाले कुनै प्रश्नको जवाफ दिन सकिनन् । यतिमात्र होइन, उपासनासँग सुटिङ अनुमति पत्र पनि थिएन ।

प्रहरीले सुटिङ लोकेसनको भिडियो बनाएर अभिनेत्रीविरुद्ध मुद्धा दर्ता गराएको हो । प्रहरीले एपेडेमिक डिसीज एक्ट र डिजास्टर मेनेजमेन्ट एक्टसहित कैयौं धाराको प्रयोग गरेर मुद्धा दर्ता गराएको छ ।

उपासनाअघि पञ्जाबी अभिनेता जिम्मी शेरगिल र गिप्पी ग्रेवालमाथि पनि प्रहरीले कोरोना नियम उल्लंघनको आरोपमा मुद्धा दर्ता गराएको थियो ।

उपासना पछिल्लोपटक पञ्जाबी फिल्म ‘नोकर वहुती दा’मा देखिएकी थिइन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १२ : २० बजे

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित