झापामा प्रहरीसहित दुुईजनाको मृत्यु | Khabarhub Khabarhub

झापामा प्रहरीसहित दुुईजनाको मृत्यु


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– चट्याङ् लागेर झापामा एक प्रहरीको मृत्यु भएको छ ।

सोमबार राति परेको चट्याङ् लागेर किचकबध प्रहरी चौकीका इन्चाज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति १० बजे गस्तीमा रहेका बेला उनलाई चट्याङ् लागेको थियो ।

यस्तै पौडी खेल्ने क्रममा झापाकै शिवसताक्षी ८ का एक युवाको मृत्यु भएको छ ।

डुँडामारीका २८ वर्षीय जीवन थाम्सुहाङ्को माइखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव सोमबार राति शिवसताक्षी १० स्थित बाँधबाट करिव ५ मिटर दक्षिण फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : ४५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र