नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकबीच सम्झौता | Khabarhub Khabarhub

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकबीच सम्झौता


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लिमिटेडबीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ ।

एक कार्यक्रमकाबीच यही चैत २० गते उक्त सम्झौता भएको हो । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्त्व तथा फाइदाहरूबारे बताए ।

साथै उनले औषधी व्यवसायीहरूलाई क्यूआर कोड पनि वितरण गरे । शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोहबीच प्रभुकातर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरे ।

उक्त कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी विच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताए । प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरूको बारेमा प्रष्ट पारे ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : ४३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको