अक्षय कुमारलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

अक्षय कुमारलाई कोरोना संक्रमण


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका ‘खेलाडी कुमार’ले परिचित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । ५३ वर्षीया अभिनेताले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार उनले एक पोस्ट लेख्दै आफूमा संक्रमित भएको बताएका हुन् ।

‘म सबैलाई यो कुरा भन्न चाहन्छु कि आज बिहान मेरो कोभिड–१९ टेस्ट पोजिटिभ आएको छ । सबै प्रोटोकलको पालना गरिरहेको छु । मैले तुरुन्त आफूलाई आइसोलेट गरिसकेको छु । म होम क्वारेन्टाइनमा छु र आवश्यक स्वास्थ्य सहयोग लिइरहेको छु । मेरो सम्पर्कमा आएका सबैले आफ्नो टेस्ट गराउनुहोला । चाँडै नै एक्सनमा फर्किनेछु’, उनले लेखेका छन् ।

अक्षय मुम्बईमा नयाँ फिल्म ‘राम सेतु’को सुटिङ गरिरहेका थिए । चार दिन पहिला नै उनले फिल्ममा आफ्नो लुक्स सार्वजनिक गरेका थिए । फिल्ममा उनी एक पुरातत्वविदको भूमिका निभाउदैछन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  २ : २१ बजे

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र 

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई