नेता नेपालद्वारा कांग्रेस र जसपासँग सहकार्यको आग्रह (भिडियोसहित) | Khabarhub Khabarhub

नेता नेपालद्वारा कांग्रेस र जसपासँग सहकार्यको आग्रह (भिडियोसहित)


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जसपालाई आग्रह गरेका छन्।

समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र त्यसको समाधान विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले मुलुकलाई अघि बढाउनका लागी कांग्रेस र जसपासँग सहकार्य गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले सहकार्यका लागि कांग्रेसबाट जवाफ नआएको धारणा राखे । उनले आफुहरुसँग सूर्य चिन्हको नेकपाको बहुमत रहेपनि निर्वाचन आयोगले समयमा नै निर्णय गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

हेरौँ भिडियो

त्यस्तै अध्यक्ष नेपालले सबै दलहरुसँगको छलफल पछि नै अविश्वासको प्रस्ताव अघि बढाउने उल्लेख गरे । उनले मोहका कारण ओली पक्षमा गएका नेताहरु पनि क्रमशः आफूहरुको पक्षमा आइरहेको दावी गरे ।

कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक पद्धतिलाई ट्रयाकमा ल्याउनुपर्ने बताए । उनले नेकपाको विवादलाई निर्वाचन आयोगले समयमा नै टुङ्ग्याउन नसके थप अस्थिरता उब्जिने धारणा राखे ।

उनले आयोग अहिले निष्पक्ष नभए भविष्यमा हुने चुनाव पनि निष्पक्ष गराउन नसक्ने जिकिर गरे ।

हेरौँ भिडियो

त्यस्तै कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपाले दुई तिहाई ल्याए पनि मुलुकमा अस्थिरता कायमै रहेकाले यसले आंशका पैदा भएको धारणा राखे । उनले संविधान विपरित संसद विघटन गरेर प्रधानमन्त्रीले अहंकार देखाएको आरोप लगाए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : १७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई