बुटवलस्थित नहरपुर माविको भवन निर्माणका लागि भारतद्वारा सहयोग | Khabarhub Khabarhub

बुटवलस्थित नहरपुर माविको भवन निर्माणका लागि भारतद्वारा सहयोग


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपन्देहीको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले ४ करोड ४१ लाख ७० हजार रुपैयाँ दिने भएको छ ।

भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उपमहानगरपालिकाबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’अनुरूप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’अन्तर्गत नयाँ भवनको निर्माण हुने भारतीय दूतावासले जनाएको छ ।

सन् १९७१ मा स्थापना भएको नहरपुर माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध छ । विद्यालयले प्लस टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । विद्यालयमा अध्ययन गरिरहेका कुल ११२७ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा छन् ।

भारतले सन् २००३ यता स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र सार्वजनिक उपयोगिताका क्षेत्रमा साबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’अन्तर्गत नेपालको सातैवटा प्रदेशमा चार सय ४६ वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश ५ मा ४१ वटा परियोजना सञ्चालनमा छन् ।

भारतले पाँच अर्ब ८० करोड रुपैयाँ पुनर्निर्माण अनुदानमा ०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : ४५ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई