ने‍ता पोखरेल र भुसालबीच सिंहदरबारमा भेटवार्ता | Khabarhub Khabarhub

ने‍ता पोखरेल र भुसालबीच सिंहदरबारमा भेटवार्ता


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

दुई खेमामा विभाजित भएपछि नेकपाका शीर्ष नेताहरुबीच सम्वाद टुटेका बेला ओली समूहमा रहेका मुख्यमन्त्री पोखरेल र दाहाल–नेपाल समूहका नेता भुसालबीच सिंहदरबारमा भेट भएको हो ।

संसद सचिवालयको एउटा कोठामा दुई नेताबीच झण्डै पौने घण्टा कुराकानी भएको बुझिएको छ । नेकपाको एकता जोगाउनुपर्छ भन्ने मत राख्ने दुई नेताले एकअर्कालाई ‘भेटौं, कुराकानी गरौँ’ भन्दै आएका थिए । मुख्यमन्त्री पोखरेल बिहीबार नै बुटवल फर्किने तयारी थिए । त्यसअघि भुसाललाई भेटेका हुन् ।

स्रोतका अनुसार भेटमा दुबै नेताले पार्टी एकता जोगाउन मुश्किल भएको चिन्ता व्यक्त गरेका छन् । पार्टी एकता जोगाउनुपर्छ भन्नेमा पनि दुबैको समान धारणा छ । तर कसरी भन्नेमा सहमति छैन ।

भुसालले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मात्रै पार्टी एकता जोगाउने उपायबारे छलफल गर्न सकिने धारणा राख्दै आएका छन् । तर पोखरेलले राजीनामाबारे बोलेका छैनन् ।

नेता पोखरेलसँगको भेटलाई भुसालले नियमित भेटघाट भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ७ : २१ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५