बिहीबार ९० अंकले बढ्यो नेप्से, निफ्राको ५३ करोडको कारोबार | Khabarhub Khabarhub

बिहीबार ९० अंकले बढ्यो नेप्से, निफ्राको ५३ करोडको कारोबार


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९०.६७ अंक अर्थात् ३.७५ प्रतिशतले बढेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक बिहीबार २,५०६.६८ बिन्दूमा पुगेको छ ।

नेप्सेका सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य बिहीबार उल्लेख्य बढेपछि बजार उकालो लागेर पुनः २,५०० बिन्दूको थ्रेसहोल्ड पार गरेको हो । बजार २,४०० बिन्दूको आसपासमा आएपछि भने बिहीबार सेयर बजारमा पुनः खरिदको चाप परेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत अर्थात् १४.६७ ले बढेको छ ।

आज नेप्सेका सबै समूहका परिसूचक उकालो लागेपछि सेयर बजारमा हरियाली छाएको छ । बिहीबार पनि अन्य समूहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ११ हजार सात सय ९५ वटा कारोबारबाट ५३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी लिमिटेड र चन्द्रागिरी हिल्सको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ ।

बिहीबार नेप्सेमा २०६ कम्पनीको ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ मूल्यका ६५ हजार एक सय ७४ कारोबारबाट १ करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ४ : २५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र