बलात्कार आरोपित पक्राउ | Khabarhub Khabarhub

बलात्कार आरोपित पक्राउ


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित सप्तरी खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

आमासँगै जिल्ला प्रहरी कार्यालय पुग्नुभएकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।

खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ११ : ३८ बजे

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ