गौतम बुद्धको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

गौतम बुद्धको एक प्रेरक प्रसङ्ग


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजा श्रेणिक बुद्ध कहाँ पुग्दा बुद्धका वरिपरी भिक्षुहरु बसिरहेका देखे । उनीहरुको अनुहार आनन्दले मग्न थियो ।

उनको दृष्टि एकातिर बसेका राजकुमारतिर गयो, जो उदास अनुहार लिएर बसेका थिए ।

श्रेणिकको मन दुविधामा पर्‍यो । कति कठोर दिनचर्या थियो भिक्षुहरुको ? तर पनि उनीहरुको अनुहार आनन्दले दिप्त थियो । अर्कोतिर राजकुमार सबै सुविधा प्राप्त भएर पनि हैरान । यस्तो किन ?

राजाले भगवान् बुद्धसँग यसको उत्तर सोधे ।

बुद्धले भने— ‘राजन, मेरा भिक्षुहरुको स्वभाव नै अर्कै बनिसकेको छ । जस्तै समस्या आए पनि उनीहरुको मानसिक शान्ति भङ्ग हुने छैन । उनीहरु जुनसुकै अवस्थामा पनि खुशी रहन सक्छन् । भविष्यको चिन्ता नगर्नु यसको कारण हो । उनीहरू वर्तमानमा बाँच्छन् । आज जेजस्तो छ, त्यस्तै देख्छन् । उनीहरुको प्रसन्नताको राज यही हो ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर