कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली | Khabarhub Khabarhub

कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध रु ६५ करोड २८ लाख ५२ हजार ३८२ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै आज उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आरकेएम ट्रेडिङलगायत १३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारका नाममा दर्ता गरी सबै फर्मको बैंक खातासमेत सञ्चालन गरेको अनुसन्धानबाट पाइएको विभागले जनाएको छ । उनीहरुले नक्कली बिक्री बिजक जारी गर्दै आर्थिक वर्ष २०७३/७४ देखि आव २०७५/७६ सम्म मूल्य अभिवृद्धि कर र आयकर राजश्व चुहावट गरेको पाइएको छ ।

भ्याटतर्फ रु २२ करोड ४९ लाख ६९ हजार ८०१ र आयकरतर्फ रु ३७ करोड ५८ लाख ३६ हजार ८८९ र लाभांश रु पाँच करोड २० लाख ४५ हजार ६९२ बराबरको चुहावट गरेको पाइएको छ ।

विभागले बिगोबमोजिमको रकम असुलउपर गरी जरिवाना र कैद सजायको माग गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : ४१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र