सन्दीपले लिए म्याक्सवेलको विकेट | Khabarhub Khabarhub

सन्दीपले लिए म्याक्सवेलको विकेट


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बीबीएल)को आफ्नो दोस्रो खेलमा एक विकेट लिएका छन् ।

होबर्ट हुरिक्यान्सका लागि उनले सोमबार आफ्नो पुरानो टीम मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको मेलबर्नविरूद्ध उनले ४ ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट हात पारेका हुन् । सन्दीपले आफ्ना पूर्वसहकर्मी म्याक्सवेललाई एलबीडब्ल्यु आउट गरेका हुन् ।

सन्दीपले सुरुका तीन ओभरमा किफायती बलिङ गरे पनि आफ्नो अन्तिम ओभरमा भने १८ रन खर्चेका थिए ।

यसअघि पहिलो खेलमा सन्दीपले २ विकेट हात पारेका थिए । योसँगै उनले यो संस्करणको बीबीएलमा ३ विकेट हात पारेका छन् ।

जारी खेलमा मेलबर्नले १९ ओभर खेलिसक्दा ६ विकेट गुमाएर १६५ रन बनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : ५८ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि