सभामुखमा पुन: न्यान्सी पेलोसी निर्वाचित | Khabarhub Khabarhub

सभामुखमा पुन: न्यान्सी पेलोसी निर्वाचित


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा न्यान्सी पेलोसी पुन: सभामुख निर्वाचित भएको छन् ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले सभामुखमा पेलोसीलाई पुनः निर्वाचित गरेको हो ।

आइतबारदेखि सुरु भएको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो। उनी १७ वर्षदेखि हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेतृ हुन् ।

अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुख पदलाई लिइन्छ। राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा सभामुख नै अमेरिकी राष्ट्रपति हुने प्रावधान छ।

गत नोभेम्बर ३ मा माथिल्लो सदन सिनेटका लागि एकसयमध्ये ३५ सिटमा निर्वाचन भएको थियो भने तल्लो सदनका सबै सिटमा निर्वाचन भएको थियो। निर्वाचित सांसदहरुले आइतबार नै सपथग्रहण गरेका छन्।

सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा केही सिटहरु भने अझै पूर्ति हुन बाँकी रहेको छ। जनवरी ५ मा जर्जियामा हुने निर्वाचनले २ जना सिनेटरको संख्या पूर्ति गर्नेछ।

नोभेम्बर ३ को चुनावपछि सिनेटमा ४८ जना डेमोक्र्याट्स र ५० जना रिपब्लिकन सांसद रहेका छन्। त्यस्तै हाउस अफ रिप्रिजेन्टेटिभमा न्युयोर्कको २२ औं डिस्ट्रिक्टबाट सांसदको संख्या पूर्ति हुन बाँकी रहेको छ। मतान्तर निकै कम भएपछि त्यहाँ अदालतले पुनः मतगणनाको आदेश दिएको छ। त्यस्तै आयोवाको सेकेण्ड डिस्ट्रिक्टमा पनि झिनो मतान्तर रहेपछि विवाद रहेको छ ।

अब जनवरी ६ मा संसदको संयुक्त सदनले राष्ट्रपतिका लागि इलेक्टोरल मतहरु औपचारिक रुपमा गणना गर्नेछ। माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ५० बजे

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ