रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित | Khabarhub Khabarhub

रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।

बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे । आर्सनलको लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १-१ गोल गरे ।

योसँगै रोनाल्डोले आफ्नो करियरकै ८०० गोल पूरा गरेका छन् । ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । रोनाल्डोले १ हजार ९७ खेलमा यो कीर्तिमानी बनाएका हुन् ।

खेलको १३ मिनेटमा आर्सनलका स्मिथले गोल गर्दै सुरुआती अग्रता बनाए । ४४ मिनेटमा युनाईटेडका ब्रुनोले १-१ अन्तरमा खेल झारे । ५२ मिनेटमा रोनाल्डोले कीतिमानी ८०० गोल तथा युनाईटेडलाई २–१ को अग्रता दिलाए । दुई मिनेट पछिनै ५४ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई २–२ को अवस्थामा ल्याए ।

तर, स्टार खेलाडी रोनाल्डोले पुन: गोल गरेपछि युनाईटेड घरेलु मैदानमा छैटौं जित निकाल्न सफल भयो । यस पटक रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ । पराजित आर्सनलले २३ अंकसहित पाँचौ स्थानमा रहेको छ । आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर