रोजगार भिसा साउदी पुगेर ब्यक्तिगत फाइदाको काम गरे १ लाख रियाल जरिवाना | Khabarhub Khabarhub

रोजगार भिसा साउदी पुगेर ब्यक्तिगत फाइदाको काम गरे १ लाख रियाल जरिवाना



दोहा- नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरबले रोजगार भिसा यहाँ पुगेर ब्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियालसम्म जरिवाना गर्ने भएको छ ।

साउदी अरबको पासपोर्ट निर्देशनालय (जवाजात) ले रोजगार भिषामा आएर ब्यक्तिगत फाइदाका लागि स्वतन्त्र बिजनेश ब्यवशाय नगर्न, गर्न नदिन पुनः चेतावनी दिंदै यस अघि घोषित जरिमानालाइ बढाएको छ ।

यसअघि ५० हजार रियाल जरिमाना थियो, अहिले १ लाख रियाल भएको छ र त्यस्तो रोजगारदाता कम्पनीलाई ५ बर्ष सम्म कुनै नयाँ कामदार ल्याउन नपाउने गरी प्रतिबन्ध लगाइने साउदी प्रेस एजेन्सीलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

जवाजतका अनुसार दोषी ठहरिएका व्यक्तिहरूलाई अधिकतम पाँच वर्षको लागि भर्ती प्रतिबन्ध गर्ने र दोषी रोजगारदाता कम्पनी विदेशी भएको अवस्थामा देश निकाला गरिने जनाएको छ ।

स्वतन्त्र बिजनेश ब्यवशाय गर्ने व्यक्तिहरुलाई साउदीको श्रम कानून उल्लङ्घन गर्नेहरूको संख्यासँग गणना गरिने जनाएको छ ।जावाजतले त्यस्ता व्यक्तिहरु देखेमा त्यहाँको मक्का र रियादको टोल फ्री नम्बर ९११ र राज्यका अन्य भागहरूमा ९९९ मा फोन गरेर रिपोर्ट गर्न समेत जनतालाई आह्वान गरेको छ।

३ लाख ५० हजारको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको साउदी अरबमा केही नेपालीले मात्र बिजनेस गरिरहेका छन् भने अधिकांश नेपाली निर्माण मजदुरका रुपमा रहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ३३ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका