कांग्रेस वडा अधिवेशन : ३५ जिल्लामा सम्पन्न, दोलखाका ७४ मध्ये ७३ वडामा सर्वसम्मत | Khabarhub Khabarhub

कांग्रेस वडा अधिवेशन : ३५ जिल्लामा सम्पन्न, दोलखाका ७४ मध्ये ७३ वडामा सर्वसम्मत


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबार देशभरका ३५ जिल्लामा वडा अधिवेशन भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले शुक्रबार ३८ जिल्लामा वडा अधिवेशन हुनुपर्ने भए पनि ३५ जिल्लामा अधिवेशन भएको जानकारी दिए ।

उनले भने, ‘हामीले पहिलो चरणमा खटाएका ३८ जिल्लामा आज अधिवेशन हुनुपर्ने हो । ३५ जिल्लामा अधिवेशन भएको जानकारी आएको छ । बाँकी तीन जिल्लाबारे जानकारी प्राप्त हुन सकेको छैन ।’ उनका अनुसार धेरैजसो वडाहरुमा सर्वसम्मत भएकोसमेत बताए । तर, शुक्रबार अधिवेशन भएका जिल्लाहरुको नतिजा भने प्राप्त भइनसकेको उनले बताए । शनिबारसम्म नतिजा प्राप्त हुने उनको भनाइ छ ।

शुक्रबार एकमात्र जिल्लाको नतिजा केन्द्रीय निर्वाचन समितिसम्म आइपुगेको छ । संयोजक यादवका अनुसार दोलखा जिल्लाको सम्पूर्ण नतिजा आएको छ । दोलखामा रहेका ७४ वडा मध्ये ७३ वडामा सर्वसम्मत अधिवेशन भएको उनले जानकारी दिए । एक वडामा भने चुनाव भएको छ ।

उता मनाङमा वडादेखि जिल्ला अधिवेशनसम्म सर्वसम्मत भएको बताइएको छ । तर, संयोजक यादवले सर्वसम्मत भए पनि प्रक्रिया पूरा नभएकोले अहिले नै केही भन्न नसकिने बताए ।

देशमा रहेका करिब ६ हजार वडा मध्ये आधामा शुक्रबार अधिवेशन हुँदा २१ जिल्लाको भने क्रियाशील सदस्यतासमेत टुंगिएको छैन ।

निर्वाचन समितिले हालसम्म ५६ जिल्लामा मात्र निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृत खटाएको छ । संयोजक यादवले बाँकी २१ जिल्लाबारे निर्णय भइनसकेको बताए । यी जिल्लामाहरुमा वडा अधिवेशनमा मतदान गर्ने क्रियाशील सदस्यबारे टुंगो नलागेको हो ।

वडा अधिवेशनले वडा कार्य समिति र स्थानीय तह अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन, महाधिवेशन प्रतिनिधि र जिल्ला अधिवेशनमा मतदान गर्ने क्षेत्रीय प्रतिनिधिको चयन गर्छ ।

वडाबाट आउने प्रतिनिधिहरुले महाधिवेशन प्रतिनिधिको पनि चुनाव गर्ने भएकाले यो महाधिवेशनको यो प्रारम्भिक चुनाव हो । वडा अधिवेशनले नै भावी नेतृत्वकोसमेत छनोटमा महत्वपूर्ण भूमिका खेल्छ

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ४६ बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।