२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश | Khabarhub Khabarhub

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।

उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो ।

अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।

ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिए ।

उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए । रासस/सिन्ह्वा

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १ : ५१ बजे

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते