२५ महिलालाई श्रीलंकामा बन्धक बनाएको आरोपमा पक्राउ परेकी मुखिया जेल चलान | Khabarhub Khabarhub

२५ महिलालाई श्रीलंकामा बन्धक बनाएको आरोपमा पक्राउ परेकी मुखिया जेल चलान


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २५ महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन गरी बन्धक बनाएको आरोपमा पक्राउ परेकी एक महिलालाई जेल चलान गरिएको छ ।

प्रहरीका अनुसार कुवेतमा आकर्षक तलब हुने भनेर श्रीलंका पुर्‍याएर २५ महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रीदेवी मलाह भन्ने सावित्री मुखियालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।

पक्राउ परेकी मुखियालाई काठमाडौँ जिल्ला अदालतको १५ साउनको आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्वीवेदीका अनुसार महिलाहरूलाई आकर्षक तलब हुन्छ भनी काठमाडौँबाट सप्तरीको राजविराज हुँदै हनुमाननगर नाकाबाट भारतको नयाँ दिल्ली हुँदै श्रीलंका पुर्‍याएर बन्धक बनाउने कार्यमा संलग्न रहेको आरोपमा मुखियालाई पक्राउ गरिएको थियो ।

बन्धक बनाएका महिलालाई श्रीलंका प्रहरीको सहयोगमा उद्धार गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १ : १५ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान